प्रचण्डले भने -एमाले र माओवादी पार्टीबीचको एकता मेरो हार वा जीतमा निर्भर छ

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी पार्टीबीचको एकता चितवनमा आफ्नो हार वा जितमा निर्भर हुने बताएका छन् ।

सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले वामपन्थी एकता हुन्छ कि हुन्न भन्ने कुरा आफ्नो चुनावी हार वा जितमा निर्भर रहने धारणा राखेका हुन् । उनले रोल्पा र तराई पछि आफू चितवन फरक सन्देश दिन आएको तर्क गरे ।

‘२०४८ मंसिर ११ गते ४ पार्टीको एकता भएर तत्कालीन जनमोर्चा बनेको थियो,’ उनले भने, ‘२६ वर्षपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर शक्तिशाली कम्युनिष्ट केन्द्र बन्दैछ। यसले नेपालको अस्थिरता र अराजकताको अन्त्य गर्नेछ।’ उनले चितवनको विकाससँग जोडिएका विभिन्न प्रतिवद्धता समेत व्यक्त गरे । उनले माडी नगरपालिकालाई चितवन जिल्लाको मणि बनाउने प्रतिवद्धता मन्तव्यको क्रममा व्यक्त गरे ।

‘म चुनाव जित्नका लागि मात्र चितवन आएको होइन। चितवन देशकै अग्रगामी चेतना भएको जिल्ला हो । म चितवनको जनमतमार्फत् देशको नेतृत्व गर्न चाहन्छु,’उनले भने, ‘पश्चिम चितवन र माडी पनि विगतमा आर्थिक विकास र पूर्वाधारमा पर्‍यो । अब त्यसो हुने छैन। माडीलाई चितवन जिल्लाकै मणि बनाउने संकल्प बोकेर तपाईहरुको बीच आएको छु।’

 

प्रतिक्रिया

सम्बन्धित