गुरु कुट्नेलाई सरकारले संरक्षण र प्रोत्सहन गर्यो : केपी ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौं भएको मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताए ।
प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताएका उनले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताए ।
गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको उनको भनाइ छ ।
प्रतिक्रिया