यस्तो छ भारतीय राष्ट्रपतिको तीन दिने नेपल भ्रमण कार्यक्रम

pranab-mukherjeeकाठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जी ३६ सदस्यीय टोलीको नेतृत्व गर्दै अपरान्ह १२ः३० बजे विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने भएका छन् । अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने एक माध्यमको रुपमा विश्लेषण गरिएको छ । उनको भ्रमणलाई सरकारले निकै महत्व दिँदै बुधबार सार्वजनिक बिदा समेत दिएको छ । उनको टोलीमा रक्षा राज्य मन्त्री सहित सरकारी अधिकारी ३६ रहे पनि अन्य सदस्यहरुको कारण ७० बढी रहने अधिकारीहरुले बताएका छन् । राष्ट्रपति विधादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा आउन लागेका उनलाई राष्ट्रपति भण्डारीले नै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा १२ः३० बजे स्वागत गर्ने कार्यक्रम छ । दुई देशबीच बेलाबखत देखापर्ने उतार चढावलाई कम गर्दै आपसी सदभाव बृद्धि गर्न नै यो भ्रमण केन्द्रित रहने सरकारको धारणा रहेको छ । भारतीय राष्ट्रपति केआर नारायणनले २०५५ जेठमा नेपालको भ्रमण गरेपछि भारतको तर्फबाट यो स्तरको भ्रमण भएको थिएन । सोही कारण सरकारले भ्रमणलाई यसरी नै व्यापक पारेको हो । मुखर्जी काठमाडौं उत्रेलगत्तै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेरेमोनिय रिसेप्सन दिइने छ । उनी विमानस्थलबाट सिधै राष्ट्रपति विद्यादेवि भण्डारीसँग दुई पक्षीय भेटघाटको लागि शीतल निवास पुग्ने कार्यक्रम छ । त्यसपछि उनी लैनचौरमा भारतीय दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी हुन आउनेछन् । त्यसपछि उनी होटल हायात पुग्नेछन् । त्यहाँ उनले उपराष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेपछि सोल्टीमा आयोजना गरिएको स्टेट ब्यङक्वीटमा सहभागि हुन आउनेछन् । राष्ट्रपति भण्डारीले उनको सम्मानमा दिने उक्त स्टेट ब्यङ्क्वीटमा राजनीतिक दलका नेता, मन्त्री, कूटनीतिज्ञहरु, पूर्वमन्त्रीहरु लगायतको सहभागिता रहनेछ । यस्तो छ भारतीय राष्ट्रपतिको भ्रमण तालिका – राष्ट्रपति मुखर्जीलाई विमानस्थलमा स्वागत – राष्ट्रपति भण्डारीसँग शीतल निवासमा दुईपक्षीय भेटवार्ता – भारतीय दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी – होटल हायातमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता – साँझ सोल्टी होटलमा राष्ट्रपति विद्यादेवि भण्डारीले दिने स्टेट ब्यङक्वीटमा सहभागि

बिहीबारको कार्यक्रम – पशुपति नाथमा पुजाअर्चना – काठमाडों विश्वविद्यालयले दिने अनोररी डक्टरको कार्यक्रम (आर्मी अफिर्ससक्लव) मा सहभागी – काठमाडौं महानगरपालिकाले नगरवाबासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी – इन्डिया फाउन्डेसनले गर्ने कायक्रममा सहभागी – होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता (मधेसी दलका नेताहरुलाई संयुक्त भेटवार्ता) – साँझ होटल द्वारिकामा प्रधानमन्त्रीले उनको सम्मानमा रात्रिभोज

शुक्रबारको कार्यक्रम – जनकपुर भ्रमणको लागि पस्थान – जानकी मन्दिरमा पुजाअर्चना – नागरिक अभिनन्दन र सम्बोधन – जनकपुरबाट पोखरा प्रस्थान – पोखरा ग्रान्डी होटलमा लञ्च – भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा सम्बोधन – साँझ काठमाडौं फिर्ता हुँदै सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान

प्रतिक्रिया

सम्बन्धित