भारतीय राष्ट्रपतिको सम्मानमा सार्वजनिक बिदा

pranbकाठमाडौं : भारतीय राष्ट्रपति तीन दिने राजकीय भ्रमणमा नेपाल आउने भएपछि सरकारले आज सार्वजनिक बिदा दिएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी मध्यान्ह साढे १२ बजे काठमाडौं आउँदै छन् । उनको सम्मानमा सरकारले सार्वजनिक बिदा दिएको हो । यसअघि भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिइएको थिएन । १८ वर्षपछि हुन लागेको भारतीय राष्ट्रप्रमुखको भ्रमणको तयारी पूरा भएको जनाइएको छ । मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित