गुप्तचरका भान्जाको नाममा स्मार्टको बितरक कम्पनी चलाउँदै लोकमान

gupकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले पिए तथा भारतीय गुप्तचर संस्थालाई सूचना बेचेको आरोप लाग्ने गरेका भवानी सुवेदीमार्फत व्यापारीक हाउसमा दबदबा राख्ने गरेको खुलेको छ ।

 एनसेलको ३५ अर्व लाभकर प्रकरणका मुख्य दोशी लोकमानले एक्जियटाको साझेदार बनेका सतिशलाल आचार्यको स्मार्ट टेलिकममा ३० प्रतिशत शेयर  बिक्री गर्दा ठुलो हिस्सा रकम भवानी मार्फत हात पारेको स्रोतको भनाइ छ ।

  सुरुमा सतिशसँग भवानीले चिनजान गराएपछि लोकमानले पछि आँफै सम्बन्ध बिस्तार गरेका थिए।   स्मार्टमा तीन साझेदारमध्ये एक लालसाहु डिष्ट्रिब्युटर्ससँग भएको शेयर सतिशले सेसिल्सको कस्बो इन्भेष्टमेन्ट लिमिटेडलाई बिक्री गर्दा लोकमानको अनुमती लिए पनि  उद्योग विभागलाई गुमराहमा राखेका थिए ।

 पछि स्मार्टमा भएको ९६ हजार कित्ता शेयर प्रतिकित्ता सय रुपैयाँमा बिक्री गर्न लागेको जानकारी उद्योग विभागलाई दिएका थिए । स्मार्टमा भएको लाल साहु डिष्ट्रिब्युटरको शेयर एनसेलको डिल मिलाउकै लागि लोकमानले चलखेल गरेको अहिले आएर खुलेको छ  ।

  लोकमानकै मिलेमतोमा १० अर्व पर्ने स्मार्टको ३० प्रतिशत शेयरको भ्यालुएशन ९६ लाख रुपैयाँ मात्रै कायम गरी अर्वौ राजस्व छली गरिएको छ । एनसेलमा क्रस होल्डिङ छलेको देखाउन  लालसाहुको सेयर सिंगापुरकै नागरिक नियो काये रुवेनको नाममा नामसारी गरेका थिए। तर, त्यो  सेयर भने भित्री रुपमा सतिशकै रहेको  उद्योग विभागका एक अधिकारीले बताए ।

  यसरी लोकमान कै डिजाइनमा एनसेल र स्मार्ट टेलिकममा राष्ट्रघाती खेल सम्पन भएपछि उनका गुप्तचर भवानीले आफ्नै भान्जाको नाममा स्मार्टको बितरक कम्पनी खोलेर देशभर काम गर्न थालेका छन् । भवानीले भान्जा गोविन्द घिमिरेको नाममा भक्तपुरको गठ्ठाघरमा स्मार्टको बितरक कम्पनी चलाएका हुन। तर, उक्त कम्पनीमा लगानी भने लोकमानकै रहेको स्मार्टका एक कर्मचारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित