यस्तो छ लोकमानका दुई गुप्तचरको चलखेल
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति निगरानीका लागि प्रयोग गरिने जासुसी संयन्त्र हटाएको समाचार बाहिर आए पनि लोकमानसिंह कार्कीका दुई गुप्तचरको चलखेल रोकिएको छैन । लोकमान निलम्बनमा परिसक्दा समेत उनका पिए तथा भारतीय गुप्तचर संस्थालाई सूचना बेचेको आरोप लाग्ने गरेका भवानी सुवेदीसहित टोली अख्तियारकै गाडी प्रयोग गरी कांग्रेस नेताहरुलाई भेट्न थालेका छन् ।
शुक्रबार र शनिबार सुबेदीको टोलिले कांग्रेस नेता डा. रामशरण महत र सुजाता कोइराललाई भेटेर मुलुक वामपन्थीहरुको हातमा जाने भयो भन्दै महाभियोगको प्रस्ताबमा काँग्रेश जान नहुने सुझाव दिएको कांग्रेसका एक नेताले जानकारी दिए ।
लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनले नियुक्त गरेका केही विशेषज्ञ र करारका कर्मचारीले सचिवालयमा रहेर कामकारबाही निगरानी गरेका थिए । त्यस्ता क्रियाकलापप्रति असन्तुष्ट कार्यवहाक प्रमुख दिप बस्न्यातले निलम्बनपछि कार्यालय खुलेको तेस्रो दिन हस्तक्षेप गरेका थिए ।
त्यस्तै, ठमेलको डिस्कोमा रक्सीले मातेर उत्पात मच्चाइ बद्नामी कमाएका लोकमानका बडीगार्ड डिएसपी दानबहादुर थापाले अझै पनि प्रहरीमा गुप्तचर गर्न छाडेका छैनन् । उनको काम नै लोकमानबिरुद्द समाचार लेख्ने पत्रकारको कल डिटेल्स अनुशन्धान गर्ने र 'स्टिङ अपरेसन'को नाममा मन नपरेकालाई दु:ख दिने हो। प्रहरी स्रोतका अनुसार थापाले अाइजीपी उपेन्द्रकान्त अर्यालको सचिवालयका डिएसपी भुपेन्द्र खत्रीसँगको सहकार्यमा काम गर्छन् ।
अर्याल र लोकमानको पनि रहस्यमय सम्बन्ध छ । अर्यालकै पहलमा एयरपोर्टमा बस्दा दिपक मलहोत्रासँगको सेटिङ्मा सुन तस्करीमा मुछिएका डिअाइजी बिजयलाल कायस्थले सफाइ पाएका थिए । लोकमानका अर्का गुप्तचर गोबर्दन श्रेष्ठले ठुला मुद्दाको सेटिङ मिलाउँदै आएको गणेश थापाको काण्डले प्रस्ट पारिसकेको छ ।
प्रतिक्रिया