पीएहरुको मनपरीले गगन थापालाई हैरानी
काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापालाई बदनाम गराउन अहिले उनी केही सहयोगीहरु लागि परेका छन्। मन्त्रालयको कानुन शाखा प्रमुखमा आफु अनुकुल कर्मचारी नपाउँदा मन्त्री थापालाई बिबादमा तानिएको छ । उपसचिवद्वय खिमाननन्द भूसाल र शम्भु रेग्मी दुवै स्वास्थ्यको कानुन शाखा प्रमुखको रुपमा कार्यरत छन् । स्वास्थ्यका कानुन अधिकृत खिमानन्द भूसाल १ महिना अघि कृषि विकास मन्त्रालयमा सरुवा भैसकेका थिए। तर, उनले रमाना बुझेका छैनन् । कृषि मन्त्रालयका कानुन अधिकृत शम्भु रेग्मी स्वास्थ्यमा हाजिर भए पनि कानुन अधिकृतको काम गर्न पाएका छैनन् ।
पिएहरुको दवावमा स्वास्थ्य मन्त्री थापाले कानुनका उपसचिव भूसालको सरुवा गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पटक पटक निर्देशन दिएका थिए । यसमा मन्त्री थापाका पीए शैलेश सिटौलाले उपसचिव टीकाराम पाण्डेलाई स्वास्थ्यमा सरुवा गरिदिन कानुन मन्त्रालयमा चलखेल गरिरहेका छन् ।
तर, कानुन मन्त्रालयले मानेको छैन । मन्त्रीका पिए सैलेशले भनेका टीकाराम पाण्डेलाई कानुन मन्त्रालयले नपठाएपछि भूसाललाई नै यथावत राख्ने प्रयास भएको छ । उता शम्भु रेग्मी मन्त्रालयमा हाजिर भइसकेका छन् । अहिले मन्त्री थापाले सैलेशहरुकै दवावमा भूसाललाई रमाना नबुझ्न भनेका छन् । स्वास्थ्यमा कानुन अधिकृत स्वास्थ्य कर कोषको सदस्य सचिवहुने हुँदा तथा स्वास्थ्य कर कोषमा बार्षिक ४० करोड रुपैयाँ बजेट हुन्छ ।
यसैकारण ४० करोड पैसा आफु अनुकुल प्रयोग गर्न उपसचिव सरुवामा चलखेल भएको हो ।
त्यसो त यही महिना हुने हजारौ कर्मचारी को सरुवा, बिभाग तथा महाशाखा प्रमुख नियुक्तीमा पिएहरु सैलेश सिटौला, कृष्ण रिजाल र देवराज लामिछानेहरु आर्थिक चलखेल गरेको मन्त्रालय र विभागमा चर्चा छ। यसरी सरुवामा मनपरी पैसा उठाएकै कारण रौतहट कांग्रेस सभापति कृष्ण यादबले समेत पार्टी र स्वास्थ्य मन्त्री समक्ष गुनासो गरेका छन् ।
प्रतिक्रिया