किष्टमा 'अवैध लगानी' गरी लोकमानले १५ करोड नाफा कमाएको रहस्य

lokmanकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विवादित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले किष्ट मेडिकल कलेजमा अवैध लगानी गरी करोडौ नाफा कमाएको खुलेको छ । भ्रष्टाचार प्रकरणमा सशस्त्र प्रहरीका तत्कालिन आइजीपी कोषराज वन्तमाथि 'बार्गेनिङ नमिलेपछी' अन्तिम समयमा लोकमानले कारबाही गर्दा उनको लगानीको पोल खुलेको थियो ।

   स्रोतका अनुसार किष्टमा अख्तियार प्रमुख लोकमान र वन्तको लगानी जुधेपछि पोल खुल्ने डरले बाध्य भएर वन्तमाथि लोकमानले बार्गेनिङ गर्दै कारबाही गरेका हुन् ।वन्तलाई त्यतिखेर लगानी फिर्ता लैजान लोकमानले धम्क्याएका थिए । तर, वन्तले नमानेपछि आफ्नो पनि पोल खुल्ने डरले लोकमानले माथि कारवाही गरेको चर्चा चलेको थियो । अर्कोतर्फ वन्त पनि भ्रष्ट र बदनाम व्यक्ति नै हुन भन्ने कुरामा दुई मत छैन ।

 किष्टमा लोकमानले भाइ बालमानसिंह कार्कीको नाममा चार करोड लगानी गरेर अहिले सम्म मात्र १५ करोड नाफा उठाई हुण्डीमार्फत विदेश पुर्‍याइसकेको समेत वन्तले त्यतिखेर आफू निकटका नेता र प्रहरीलाई जानकारी दिएका थिए  ।

   वन्तले आफू भन्दा ठूलो भ्रष्टाचारी लोकमान रहेको भन्दै किष्ट मेडिकल कलेजको लगानीको बारेमा कांग्रेस, एमाले र एमाओवादीका नेताहरुलाई तथ्यसहित जानकारी दिएका थिए ।

 किष्टमा वन्तले आफन्तको नाममा १० करोड भन्दा बढि लगानी गरेको र लोकमानले पनि १५ करोडकै हाराहारीमा लगानी पुर्‍याइसकेको अवस्थामा किष्टभित्र विवाद बढेपछि यि दुईबीचको कारोबारको पोल बाहिर खुलेको थियो । अहिले वन्त र बालमानसिह कार्कीलाई  सँसदमा  बोलाएर लोकमानको लगानीको बारेमा  वयान लिने हो भने सत्यतथ्य खुल्ने वन्त निकट सशस्त्रका एक प्रहरी अधिकारी दावी  गर्छन् । किनकी, किष्टको बोर्ड बैठकमा सहभागिता जनाउन वन्त त्यतिखेर बर्दी नै लगाएर पुग्ने गर्दथे।

प्रतिक्रिया

सम्बन्धित