माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिकाे अजेन्डा तय गरिने

prachnda

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ  । 

 आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाईएको हो ।

 माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा मा बस्नेछ । 

साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाईएको हो । पार्टीका बिद्यान अधिवेसनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रिय समिति बैठक डाकेको हो । 

प्रतिक्रिया

सम्बन्धित