लोकमानबिरुद्दको महाभियोग प्रस्ताव पारित गर्न प्रचण्डलाई दवाब
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टीको बैठक बोलाएका छन् । काठमाडौंको लाजिम्पाटस्थित निवासमा बिहान आठ बजेदेखि जारी बैठकमा कार्कीको विषयमा नेताहरू अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावलाई कसरी अगाडि बढाउने भन्ने विषयमा धारणा राखेका छन् ।
केही नेताहरुले महाभियोग प्रस्तावलाई पारित गर्नै पर्ने राखेको बुझिएको छ । साथै बैठकमा मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।
बुधवार सत्तारुढ माओवादी र एमालेका एक सय ५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाअभियोगको प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही र समर्थक एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल छन् । महाअभियोग प्रस्तावका लागि आवश्यक एकचौथाइ पुग्न कुल एक सय ४९ सांसद आवश्यक पर्छ ।
अहिले संसद् सदस्यको संख्या पाँच सय ९५ छ । संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको विषयमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद् र अख्तियारलाई बुधबार राति नै जानकारी गराएकी छिन् ।महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएसँगै अख्तियारका प्रमुख कार्कीले बुधबारबाटै कार्य सम्पादन गर्न पाउने छैनन् ।
प्रतिक्रिया