‘यात्रु ठग्नेको दशैं झ्यालखानामा’
काठमाडौं परिसरका एसएसपी विक्रमसिंह थापाका अनुसार मंगलबारमात्रै काठमाडौंबाट बाहिरिने ५० भन्दा बढी यातायातलाई प्रहरीले कारबाही गरेको छ । टिकटमा कालोबजारी गर्ने, बढी मूल्य लिने र यात्रुलाई अव्यवस्थित यात्राका लागि बाध्य पार्नेलाई कारबाही गरिएको एसएसपी थापाले बताए । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समतिद्वारा सञ्चालित दाङतर्फ चल्ने बसको टिकट सरकारले तोकेभन्दा दोब्बर मूल्य लिई बिक्री गर्ने टिकट काउन्टरका इन्चार्ज कृष्ण बुढाथोकी र सविन लामा भन्ने सन्तवीर प्रहरी नियन्त्रणमा छन् । त्यस्तै नेत्रप्रसाद ढुंगाना, सन्तोष थिङ, सविन भनिने शैलेन्द्र रावल, प्रेम विक भन्ने प्रेमबहादुर कामी, हरिशरण भुजेल पनि पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ९ जनालाई प्रहरीले मुद्दा चलाइसकेको छ ।
४ जनालाई ठगी र ५ जनालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । बिहान घर जान भन्दै बसपार्क पुगेका यात्रुसँग बढी भाडा असुलेको गुनासोको आधारमा गाेंगबुस्थित नयाँ बसपार्क लगायत अन्य बसपार्कमा पुगेको प्रहरी टोलीले मंगलबार बिहान मात्रै दुइ सय ३२ जना यात्रुले तिरेको बढी भाडा फिर्ता गराएको छ । काठमाडौंबाट बाग्लुङ, अर्गाखा“ची, कांकडभिट्टा, धनगढी, रुकुम, पोखरा लगायतका जिल्लाहरुमा जाने यातायातबाट बढी भाडा असुल गरेको भेटिएको प्रहरीले बताएको छ ।
व्यवसायीले ५० देखि ४ सयसम्म बढी भाडा लिइएको भेटिएको थियो । टिकटमा कालोबजारी भएको गुनासोपछि अनुगमन गर्न काठमाडौं परिसरका एसएसपी थापा आफैं अनुगमनमा निस्किएका थिए । मंगलबार बिहानै बल्खु, गौशला, नयाँ बसपार्क तथा कलंकीका बसपार्क क्षेत्रमा पुगेका एसएसपी थापाले यातायात व्यवसायीलाई कडा चेतावनी दिएका थिए ।
एसएसपी थापाले आफैं बसपार्क पुगेर नागरिकको गुनासो सुनेका थिए । उनले चेतावनी दि“दै भनेका थिए ‘यदि कोही यात्रु ठगिएको भटिए तिनको दशैं तिहार हिरासतमा वित्नेछ ।’ त्यस्तै, बढी भाडा असुल गर्ने काठमाडौंबाट हेटौंडा चल्ने टाटासुमोका चालकलाई ठगीको मुद्धा चलाइएको छ । टिकट नकाट्ने अनि बढी भाडा असुल गरेको गुनासो आएपछि ना १ ज २०३८ नंम्बरको टाटासुमोका चालक हरीशरण भुजेललाई ठगी मुद्धा चलाइएको हो । यातायातको दादागिरी रोक्न प्रहरीलाई जनता आफैंले सुचना दिनुपर्ने एसएसपी थापाको भनाई छ । आफु ठगिएको सुचना प्रहरीलाई दिए त्यस्तालाई कुनै पनि हालतमा नछोडिने उनले बताए ।
प्रतिक्रिया