बेइज्जत सहने तर राजिनामा नदिने मुडमा लोकमान

lokeकाठमाडौं । सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको घरमा म्याद टाँस्ने तयारी गरेको थियो । तर, लोकमानको चलाखीको कारण सर्वोच्चको प्रयास असफल भएको छ । बानेश्वर स्थित उनको घरमा म्याद टाँस्न पुगेको अदालतको कर्मचारी नटाँसेरै फर्किएका छन् ।

बानेश्वर स्थित लोकमानको घर अहिले भाडामा लगाइएको छ । लोकमान सपरिवार टङ्गाल स्थित अख्तियारको क्वाटरमा बस्दै आएका छन् । कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीले म्याद बुझ्न अस्वीकार गर्दै आएका थिए ।

उनलाई सुचित गर्न बुधबार सर्बोच्चका कर्मचारी कार्कीको नयाँबानेश्वरस्थित घरमा म्याद टाँस्न गएका थिए । आज अधिकांस अनलाइनहरुमा लोकमानबिरुद्द यसरी समाचार आयो कि जसरी उनले सर्वोच्च अदालतका प्रधानन्यायाधिस सुशिला कार्कीको कनकमणी प्रकरणमा जोडेर तिनै अनलाइनहरुमा बेइज्जत गराएका थिए ।

एउटा संबैधानिक निकायका प्रमुखको बारेमा घर नै नभेटिएका कारण अपराधीलाई झै सुचना टाँस्न नसकिएको जस्तो समाचार अनलाइन भरि प्रकासित हुँदा पनि उनले  कुनै प्रतिक्रिया जनाएका छैनन् ।  अख्तियार स्रोतका अनुसार बेइज्जत सहने तर राजिनामा नदिने मुडमा लोकमान  रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित