अख्तियारका डिएसपी ठमेलको डिस्कोबाट युवतीसहित यसरी भागे

cniकाठमाडौं । मान्छे शक्तिमा मैमत्त भएपछि शर्म पचाएर जे पनि गर्न भन्ने कुरा फेरि पनि चरितार्थ भएको छ, असोज १० गते राति ठमेलको डिस्कोमा । अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीको रवाफ लगाउँदै डिस्कोभित्र बाउन्सरर युवतीमाथि दव्र्यवहार गर्दा लोकमानका बडिगार्ड डिएसपी दानबहादुर थापा मध्यरातमा भागाभागमा मात्र परेनन्, ठूलो दूर्घटनाबाट पनि बचे ।

 घटनामा अख्तियार स्वामित्वको बा १२ च ९५५९ नम्बरको स्यान्ट्रो गाडी ध्वस्त छ । ठमेलस्थित होटल मस्र्याङदी अगाडिको सिएनआइ क्लब डिस्कोमा झगडा भएको खबर पाएर सोह्रखुट्टे प्रहरी वृत्तको टोली नयाँ बजारबाट त्यसतर्फ हुँयकियो ।

 तर, प्रहरी पुग्दा आफूल लज्जित हुनुपर्ने कारण दानबहादुर साथमा रहेकी युवतीसँगै त्यहाँबाट भागे । उनीसँगै नेपाल प्रहरीकै अर्को एकजना डिएसपी पनि साथमा थिए । त्यस रातको कुटाकुटबाट घाइते भएका दुई युवती नजिकैको मनमोहन अस्पतामा भर्ना भई भोलिपल्दै डिस्चार्ज भए । भाग्दै दरबारमार्गतिर हुँइएकिएका दानबहादुरको गाडी अनियन्त्रित भई दुर्घटनामा पर्यो । केही कच्याक्क कुचुक्क छ । तार मान्छेलाई केही भएको छैन । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित