तराईका जिल्लाहरुबाट एसपी कुँवर उत्कृष्ट घोषित

espiचितवन । नेपाल प्रहरीले तराईका जिल्लाहरू मध्ये जिल्ला प्रहरी कार्यालय चितवनलाई उत्कृष्ट घोषित गरेको छ । प्रहरी दिवसको अवसरमा मंगलवार चितवन प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवर कार्यक्षमता र  दक्षताका आधारमा  पुरस्कृत भएका छन्  ।

 तराईका जिल्लाहरुमा चितवन प्रहरीले खेलेको भुमिकाको प्रशंसा गर्दै नेपाल प्रहरीले चितवन प्रहरी कार्यालयलाई उत्कृष्ट घोषित गर्दै  पुरस्कृत गरेको हो । यस्तै, क्षेत्रीय तालिम केन्द्र बुटवलका कमल जीटी र जिल्ला ट्राफिक कार्यालय चितवन पनि पुरस्कृत भएका छन्  ।

  पहाडी जिल्लामा काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोला उत्कृष्ट जिल्ला प्रमुखका रूपमा पुरस्कृत भएका छन्  ।

   यसैगरि नेपाल प्रहरीले हरेक वर्ष प्रदान गर्ने प्रहरी ब्याटल यस वर्ष पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले प्राप्त गरेका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानले हरेक वर्ष देशभरिका प्रहरी कार्यालयको कार्यक्षमता तथा दक्षता मूल्यांकनका आधारमा उत्कृष्ट ठहर गर्दै बमलाई प्रहरी ब्याटल प्रदान गरिएको हो ।

  प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेर मनाउने गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कार्यक्षमताका आधारमा छनोट गर्न निर्देशन दिएका थिए । प्रहरीमा उत्कृष्ट कार्यालय घोषणा हुनुलाई  गौरवको विषय मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित