एसिया कप क्रिकेट :आज पाकिस्तान र भारत प्रतिस्पर्धामा उत्रँदै

काठमाडौ, १६ भदौं । एसिया कप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् ।

 

नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्न आईपुगेको हो ।


श्रीलंकाको क्याण्डी मैदानमा शुरु हुने सो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेवाट सुरु हुनेछ ।


एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि प्रतिद्वन्द्वी भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा सो प्रतिस्पर्धा हुन लागेको हो । पाकिस्तानसँग राजनीतिक रुपमा समेत प्रतिद्वन्द्वी भारतले कुनै पनि खेल पाकिस्तानमा नखेली सबै खेल श्रीलंकामा खेल्दैछ ।


एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित