कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौ, १९ भदौ । कुमारी बैंकको ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९भदौ १९ गते अन्तिम दिन हो

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित