सिअाइबी बिरुद्द सर्वोच्च अदालतको २४ घण्टे आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिअाइबी)ले नवराज श्रेष्ठ नाम गरेका व्यक्तिलाई गैरकानुनी रुपमा थुनामा राख्नुपर्नाको कारण खोली २४ घन्टाभित्र लिखित जवाफ दिन आदेश जारी गरेको छ ।
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले थुनामा राख्नुपर्नाको कारण देखाई महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउन आदेश जारी गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
आदेशमा भनिएको छ, “बन्दी बनाउनको कारण र आधार समेत खुलाई आदेश प्राप्त भएको २४ घन्टाभित्र लिखित जवाफ पेस गर्नु ।” गैरकानुनी रुपमा थुनामा राखेको जनाउँदै श्रेष्ठकी श्रीमती सानुमायाले केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जलाई विपक्षी बनाई रिट निवेदन दायर गरेकी थिइन।
प्रतिक्रिया