चितवनमा चोरीका गाडी र मोटरसाइकलको तस्करी गर्ने गिरोह सक्रिय

dipuचितवन । चितवनमा  एक हजार भन्दा बढी चोरीका मोटरसाइकल र दर्जनौ गाडीको  तस्करी गरेर प्रहरी कारवाहीमा परिसकेको गिरोह फेरी सक्रिय भएको छ । प्रहरीले तस्करीमा संलग्न  पूर्वी चितवनका दिपेन्द्र श्रेष्ठ 'दीपु', भारतको गोरखपुर थाना स्थित निजापुरका ३४ बर्षिया गुड्डु भनिने मोहम्द आलमलाई दुई बर्ष अघि कारवाही गरेको थियो। अहिले प्रहरीको ध्यान त्यता नपुग्दा यो गिरोह फेरी सल्बलाउन थालेको छ ।

दीपुसँगको सेटिङमा भारत घर भएकै टिएन मिश्र र आलमले भारतबाट चोरीका गाडी र मोटरसाइकल भित्राएर चितवन, पर्सा , नवलपरासीदेखी काठमाडौं र ललितपुरसम्म पुर्याइ बिक्री गर्दै आएको खुलेको छ  । यो  गिरोहले बिरगञ्ज र भैरवाह भन्सारमा सेटिङ मिलाएर अबैध गाडीको कारोबार समेत गर्दै आएको छ ।

 गिरोहले भारतबाट पुराना तथा नयाँ गाडीहरु चोरी गरी ल्याई बेवारीसे अबस्थाका भन्दै भन्सारमा बुझाउने, कवाडीको भाउमा भन्सार सकार्ने र पछि नयाँ गाडी चोरेर ल्याएर त्यसको पाटपुर्जा पुरानो गाडीमा हालेर गाडीको अबैध कारोबार गर्दै आएको छ । गिरोहले बिशेषगरी स्करपियो, बुलेरो, स्यान्ट्रो र मोटरसाईकलको कारोबार गर्दै आएको छ ।

 choriदुई बर्ष अघि चितवन प्रहरीले दर्जनौ चोरीका गाडी र मोटरसाइकल सहित विभिन्न बैंकको चेकबुक, छाप, गाडीका नक्कली नम्मर समेत बरामद गरेको थियो । तर, अहिले प्रहरीको सक्रियता नहुँदा दीपुको समुहले गिरोह परिचालन गरी काठमाडौं  ,ललितपुर ,भैरहवा,नवलपरासीमा हराएका अधिकांस मोटरसाइकल आफ्नो मनकामना वर्कशप एन्ड रिकन्डिसन हाउसमा ल्याएर पार्टपुर्जा झिकी अबैध कारोबार गर्दै आएको एक प्रहरी अधिकारीले बताए  । चितवनका पुराना र नयाँ घुमुवा प्रहरीदेखी गुण्डा नाइकेसम्म सेटिङ मिलाईयो गिरोहले  अबैध कारोबार गर्दै आएका छन् । प्रहरीको कमजोरीको फाईदा उठाउँदै उनले घरमा नै चोरीका मोटरसाइकल भित्राउन थालेका छन् । दीपुले जगतपुरमा  मनकामना वर्कशप एन्ड रिकन्डिसन हाउस, बकुलहर टाडीमा मनकामना रिकन्डिसन हाउस र बकुलहर टाडीमै मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर खोलेर चोरीका गाडी र मोटर साइकलको अबैध कारोबार तथा नक्कली लाइन्सेन्स र बिलबुकको अबैध धन्दा गर्दै आएको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित