स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय लगिँदै, बिहान ७ बजेपछि श्रद्धाञ्जलीका लागि राखिने

Nembang_Subash

काठमाडौं। हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल लगिँदै छ ।

बिहान ७ बजेपछि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।

पार्टी कार्यलयमा उनलाई श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ताहरु जम्मा हुन थालेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित