एमबिबिएस उत्तीर्ण गराउने भन्दै रकम असुल्ने कन्सलटेन्सी पक्राउ
अधिकारीले काठमाडौँनागार्जुन नगरपालिका बस्ने विमला पन्तकी छोरी सायसालाई आफ्नो विभिन्न चिकित्सकसँग राम्रो चिनजान रहेकाले यही असोज १५ गतेदेखि हुने एमबिबिएस परीक्षामा उत्तीर्ण गरीदिन्छु भन्दै रु दुई लाख मागेका थिए ।आमा विमलाले अन्य व्यक्तिलाई बुझ्दा त्यसरी उत्तीर्ण गराउन नसक्ने यकिन भएपछि महाशाखामा आई निवेदन दिनुभएको थियो ।
त्यसपछि महाशाखाबाट सादा पोसाकमा पन्तका साथमा संस्थामा प्रहरी टोली खटी अधिकारीले मोलमोलाई गरिरहेको अवस्थामा गत बुधबार पक्राउ गरिएको हो ।अधिकारीलाई सोधपुछ गर्दा सञ्चालक साहमार्फत सो काम हुने भनी बयान दिएपछि बिहीबार साहलाई समेत पक्राउ गरिएको महाशाखाले जनाएको छ । सञ्चालक साहले आफू चिकित्सक भएको बताई ठगी गर्ने गरेको भए पनि उनी चिकित्सक नभएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । अभियुक्तलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया