चितवनमा कालोबजारी गर्ने पक्राउ, ठुला होटेलमा भने छुट
चितवन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलय चितवनको टोलिले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँच जना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएपनि ठुला होटेल र रेस्टुरेन्टहरुमा भने कुनै अनुगमन नगरेको साना व्यवसायीहरुले आरोप लगाएका छन् छ ।अधिकतम मूल्य रु १८ को पानीलाई २५– लिई बिक्री गरेको आरोपमा भरतपुर केन्द्रीय बसपार्कबाट न्युएरा प्रोभिजनल स्टोर्स, गुप्ता पान भण्डार, राधिका कोल्ड स्टोर्स, कालीगण्डकी कोल्ड स्टोर्स र आर बिसी फुड एन्ड जुस हाउस सञ्चालकलाई नियन्त्रणमा लिएको हो । स्थानीय उपभोक्ता अधिकार संरक्षण मञ्चले गरेको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरुलाई कालोबजारी ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही गरिने प्रशासनले जनाएको छ । तर खुद्रा पसलेहरुले भने कानुन सबैलाई एक हुनुपर्ने बताउँदै भरतपुरका सेन्ट्रल पाम, भरतपुर गार्डेन,ग्लोवल होटेल,रोयल सेन्चुरी,रेड कार्पेट र सौराहाका कुनै पनि होटेल र रिसोर्टमा अनुगमन नगरेको आरोप लगाएका छन्।भरतपुरका एक खुद्रा पसलेले भने -'सेन्ट्रल पाम, भरतपुर गार्डेन र ग्लोवल जस्ता होटेलमा जिल्लाकै सुरक्षा निकायका प्रमुख र सिडियोको दैनिकजसो नेता देखी भिअाइपीसँग जमघट हुने हुँदा ती होटेलहरुमा कुनै अनुगमन नहुने र उनीहरुले २५ रुपैया भन्दा बढीमा पानी बेच्न छुट पाउँदै आएका छन् । ' त्यस्तै दोहरी र क्लबमा पनि अनुगमन हुनु पर्ने उनले बताए । यि ठुला होटेलहरुमा प्रशासनले छापा नमार्ने हुँदा उनीहरुलाई अबैध गतिबिधी गर्न पनु छुट हुने गरेको उनले बताए।
प्रतिक्रिया