गगन थापाले ५१ किलोको माला मन पराएनन्

gganmaalकाठमाडौं। स्वास्थ्यमन्त्री गगन थापालाई कोहलपुरबासीले ५१ किलोको माला लगाएर स्वागत गरे पनि उनले मन पराएनन् ।मन्त्री भएपछि पहिलो पटक बाँके आइपुगेका नेपाली काँग्रेसका युवा नेता थापालाई आफ्नो कार्यकालमा नाम अनुसारको काम गरेर देखाउन हौसला दिदै काँग्रेस कोहलपुर नगर कार्यसमितिले माला लगाइदिएर स्वागत गरेको हो ।

स्वागत ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीमा रहदाँ वा नरहदाँ जुनसुकै बेला जनताको सेवामा समर्पित हुने प्रतिवद्धता जनाएका थिए । बुधबार कोहलपुरमा स्थापना भएको स्वास्थ्य केन्द्रको उद्घाटन गर्न पुगेका थापालाई पार्टी कार्यकर्ताले ५१ किलोको फूलको माला लगाएर स्वागत गरे ।

र ५१ किलो फूलको माला लगाएको भन्दै स्वास्थ्यमन्त्री थापाको अर्को आलोचना भयो ।आलोचनापछि उनले आफ्नो काम र हैसियत नर्बिर्सिएको भन्दै जवाफ फर्काएका छन् । उनले फेसबुकमा लेखेका छन्–कोहलपुरको फूलको मालास् मध्यमाञ्चलको समीक्षामा भाग लिने क्रममा कोहलपुर स्वथाचौकी पुगेँ-' ढोकामा हिंड्दा हिड्दै अकस्मात “कोहलपुर बासिको तर्फबाट ठुलोमाला” भन्दै माला पहिर्‍याइयो मलाई यस्तो कुरा कहिले मन परेन र बिनम्रपूर्वक तत्काल हटाउन लगाए, मंचमा पुगेपछि सो कार्यक्रम आयोजना गर्ने साथीलाई खोज्न लगाएँ अनि मंचमा बोलाएर मलाई सो कुरा मन नपरेको र यस्तो कहिँ कसैलाई नदोहोर्‍याउन आग्रह गरेँ' ।

प्रतिक्रिया

सम्बन्धित