मलेसिया जाने कामदारलाई विभिन्न तहमा ठगी

maliseyaकाठमाडौँ । नेपालबाट मलेसिया जाने कामदारलाई विभिन्न तहमा ठगी हुने गरेको छ ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजङ्ग शाहीले त्यहाँस्थित कंले नेपाली कामदारका लागि निःशुल्क पठाउने प्रवेशाज्ञा तथा टिकटमा स्थानीय बिचौलिया, नेपाली दूतावास तथा विभिन्न रोजगारदाता संस्था मिलेर अनियमितता गर्ने गरेको आरोप लगाउनुभयो ।

 मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमान सिंह बस्न्यातको असहयोगका कारण त्यहाँ बसोबास गर्ने नेपालीले पीडादायी जीवनयापन गर्न बाध्य भएको उहाँको भनाइ थियो ।

  शाहीका अनुसार मलेसियामा बस्ने नेपालीलाई नेपाल फिर्ता गर्न राजदूत बस्न्यातले गैरकानुनी तवरबाट मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई दूतावासकै परिसरमा कार्यालयका लागि निःशुल्क ठाउँ उपलब्ध गराइएको छ । आफूले त्यसको विरोध गरेका कारण आफूलाई ११४ विदेशीको नक्कली प्रवेशाज्ञा मिलाएको जस्तो गम्भीर र तथ्यहीन आरोप लगाएको उहाँले जानकारी गराउनुभयो । शाहीले त्यसको छानबिन गरी पुष्टि गर्न माग पनि गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित