आँबुखैरेनीमा जन्तीको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका- १ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ ।

मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका- ६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका- ९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

बरादी-हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरूको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित