चुनावमा गठबन्धन नगर्ने गगनको प्रस्ताव देउवाले गरे अस्वीकार

काठमाडौं । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुन छलफल गर्ने गरी बैठक सकिएको हो । छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र  विश्वप्रकाश शर्माका साथै प्रमुख सचेतक रमेश लेखक रहेका थिए ।

महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा समेटिएका कतिपय विषयवस्तुमा सभापति देउवा असन्तुष्ट छन् । मुख्यगरी गठबन्धन, विधान लगायतका विषय प्रतिवेदनमा राखिएको भन्दै त्यसलाई हटाउन सभापति देउवाले निर्देशन दिएका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा पनि देउवाको असन्तुष्टि छ । उनले शर्माले प्रस्तावमा उल्लेख गरेको कोशी प्रकरणको प्रसंग हटाउनुपर्ने बताएका छन् ।

सहमति नजुटेपछि महासमिति बैठक निर्धारित समयमै उद्घाटन गर्ने र सहमतिको प्रयास पनि सँगसँगै हुने गरी बुढानीलकण्ठबाट नेताहरू निस्किएको नेता रमेश लेखकले जानकारी दिए । कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा दिउँसो १ बजेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित