अछाममा जीप दुर्घटना हुँदा १ जनाकाे मृत्यु, १५ घाइते, ३ को अवस्था गम्भीर

अछाम । अछाममा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।  १५ जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ। 

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ ज ४२९ नम्बरको जीप बुधबार बिहान दुर्घटना भएको हो। प्रहरी चौकी, सिउँडीका अनुसार मृत्यु हुनेमा डोटी पूर्वचौकी–४ को १८ महिनाका बालक किसान खड्काको  छन्। 

घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित