विरामी लिन सोलुखुम्बु पुगेको हेलिकप्टर दुर्घटना

 heliकाठमाडौं : बिरामी लिन सोलुखुम्बुको जुबिङ्ग पुगेको माउन्टेन हेलिकप्टर्स प्रालिको इक्यूरीयल हेलिकप्टर दुर्घटनामा परेको छ । फोर्स ल्याडिङ्गका क्रममा दुर्घटना भएको छ नागरिक उड्डयन कार्यालय लुक्ला जनाएको छ । लुक्ला बजारदेखि करिब ८ किलोमिटर उत्तर फाप्लुनजिकै खुट्टा भााचिएको बिरामीको उद्धार गर्न गएको नाइनएन–एएलक्यू हेलिकप्टरले टेकअफ गरिसकेपछि दुर्घटनामा नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । टेकअफ गर्नेबित्तिकै हेलिकप्टरको ड्यासबोर्डमा इन्जिनमा खराबीको संकेत आएपछि क्याप्टेन सुरज थापाले फोर्स ल्याण्डिङ्ग गर्नलाग्दा हेलिकप्टर दुर्घटनमा परेको हो । हेलिकप्टरमा बिरामीसहित अन्य चारजना पनि बसेका थिए । धानबारीमा फोर्स ल्याडिङ्ग गरेको हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनापछि लुक्लामा रहेको श्री एयरलाइन्सको हेलिकप्टरले चालक थापासहित बिरामीलाई लुक्ला विमानस्थलसम्म ल्याइएको छ । उक्त हेलिकप्टर बिहान पौने आठ बजे लुक्लाबाट उडेको थियो । कल साइन भएको उक्त हेलिकप्टर नेपालमा भएकामध्ये आधुनिक हो । सात जनासम्म यात्रु क्षमता भएको यसको इन्जिन शक्तिशाली छ । ग्लास ककपिट भएको यो हेलिकप्टर पर्वतीय उडानका लागि उत्कृष्ट मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित