सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  अर्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि शुक्रबार फागुन ११ गते बुक क्लोज गर्दैछ । फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार नहुने भएकोले गर्दा कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्ने हुन्छ ।

कम्पनीले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यस कम्पनीले लाभांश पारित गर्न फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित