घट्यो सुन-चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?

१० फागुन,काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदी दुवैको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । 

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको थियो । 

यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा झरेको छ । बुधबार चाँदीको भाउ तोलाकोे १४ सय १५ रुपैयाँ रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित