शक्तिशाली प्रेसरकुकर बम सेनाद्वारा निष्क्रिय

सप्तरी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले लुकाएर राखेको शक्तिशाली प्रेसरकुकर बम सेनाले निष्क्रिय पारेको छ । राजविराज कुनौली सडकखण्डमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखिएको उक्त शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको टोली बिहान निष्क्रिय पारेको हो। मध्यरात विप्लव समुहका कार्यकर्ताले पाँच लिटरको कुकरमा आरडिएक्स प्रयोग गरेर रिमोटबाट पड्काउन मिल्ने गरी बनाइएको बम सशस्त्रको कार्यालय नजिकैको खेतमा लुकाइराखेको अवस्थामा बरामद गरेको हो। प्रहरीले गोप्य सूचनाको आधारमा नहर चोकबाट दुईजना विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिँदा उनीहरुको साथबाट रिमोट कन्ट्रोल पनि बरामद भएपछि बमको खोजी गरिएको थियो। पक्राउ परेकाहरुबाट बम राखिएको स्थानका बारे सूचना लिएपछि नेपाली सेनासहितको टोलीले बम खोजी निष्क्रिय पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित