मार्जिन कारोबारका लागि ११२ वटा सूचीकृत कम्पनी योग्य

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका सुविधाका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सोमबार नेप्सेले सार्वजनिक गरेको सूचीअनुसार ११२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ ।

जसमध्ये १९ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन् । यस्तै, जीवन बिमा समूहबाट ७ वटा, निर्जीवनबाट ९ वटा र ४० वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।

यता, जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेका छन् ।यो सुची हेर्नुहोस्

 

प्रतिक्रिया

सम्बन्धित