अमेरिकी डलरको भाउ घट्याे

 

काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ घटेको छ भने युरोको र बेलायती पाउण्डको भाउ बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९३ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०८ पैसाले घटेको हो । सोमबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०१ पैसामा भएको थियो ।  मंगलबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३५ पैसाले बढेको हो। सोमबार यसको खरिददर १४३ रूपैयाँ २७ पैसा र बिक्रीदर १४३ रूपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।  


त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ १० पैसाले बढेर एकको खरिददर १६८ रूपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७७ पैसा कायम गरिएको छ । सोमबार यसको खरिददर १६७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रूपैयाँ १२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ७० पैसा र बिक्रीदर २७ रूपैयाँ ८३ पैसा कायम गरेको छ ।  साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ०५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित