जाल्पा सामुदायिक र किसान लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न बोलाए एजीएम, यस्ताे छ एजेण्डा
काठमाडौं । जाल्पा सामुदायिक र किसान लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न चैत ९ गते साधारण सभा बस्ने भएको छ। यी दुवै कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएका छन्।
किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एकआपसमा गाभिने सम्बन्धमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने एजेन्डा छ। त्यस्तै, दुवै कम्पनीको सभाले एक आपसमा १ बराबर ०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ।
सभा प्रयोजनका लागि किसानले चैत १ गते बुक क्लोज गर्ने जनाएको छ भने जाल्पाको फागुन २४ गते बुक क्लोज हुनेछ। जाल्पा सामुदायिकको साधारण सभा दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ। यता, किसान लघुवित्तको सभा ताज प्यालेस, स्पेशियल चोक गल्फुटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।
प्रतिक्रिया