यसरी मनाइयो पहिलो संविधान दिवस

constitution_day-11-1000x0काठमाडौं : विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर आज पहिलो संविधान दिवस मनाइयो । संविधान दिवसको अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएयो । संविधानसभामार्फत एकवर्ष अघि आजकै दिन संविधान जारी भएको थियो । संविधान दिवस मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित समरोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, सांसदहरु, तीनवटै सुरक्षा निकायका प्रमुख समारोहमा उपस्थिति थियो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत विभिन्न राजनीतिक दलका नेताको पनि सो समारोहमा उपस्थिति थियो । कार्यक्रममा शान्तिका प्रतिक सेता परेवा उडाइएको थियो । नेपाली सेनाले हेलिकोप्टरबाट ‘संविधान दिवस २०७३’ लेखिएको ब्यानर फहराएको थियो । समारोहमा बिभिन्न साँस्कृतिक झाँकी, खेल कौसल पनि प्रदर्शन गरिएको थियो ।

constitution_day-5-1000x0 कार्यक्रममा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, सुरक्षा अंगका प्रमुखहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता पनि सहभागी थिए । नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ विशेष समारोह आयोजना गरिएको हो । राष्ट्रपति भण्डारी समारोहस्थल उपस्थित हुँदा उउनको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रम दाहाल र गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । समारोहमा राष्ट्रपति भण्डारी, समारोह समिति अध्यक्ष एवम् प्रम दाहाल प्रधानन्यायाधीश कार्कीले शान्तिको प्रतिक सेतो परेवा उडाएका थिए । राष्ट्रिय खेलकुद परिषद्का खेलाडीले देखाएको कला कौशल समारोहस्थल आकर्षण बनेको थियो । करिब दुई घन्टा अवधिको सो कार्यक्रममा तीनवटै सुरक्षा निकायले राष्ट्रिय भावनाले ओतप्रोत भएका सङ्गीत तथा नृत्यसमेत प्रदर्शन भएको थियो । संविधान दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ । आज विदेशमा रहेका नेपालीले पनि संविधान दिवस विविध कार्यक्रम आयोजना गर्दै मनाउँदै छन् ।constitutation-day-2073-3

संविधान पूर्ण बनाउँछौं : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधान संशोधनसहित परिस्कृत भएर पूर्ण हुने बताएका छन्। संविधान दिवसका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानलाई आवश्यकता अनुसार संशोधन गर्दै पूर्ण बनाइने बताए। उनले विश्वको कुनै पनि देशको संविधान पूर्ण नभएको भन्दै समय र परिस्थिति अनुसार संशोधनमार्फत पूर्ण बनाइएको उल्लेख गरेका छन्। नेपालको संविधान पनि पूर्ण नरहेको बताउँदै उनले यसका लागि निरन्तरको संशोधन र विभिन्न पक्षका जायज मागलाई सम्बोधन गर्दै पूर्ण बनाइने बताए। प्रधानमन्त्री प्रचण्डले सरकार मधेसी, आदिवासी, जनजाति, थारू, पिछडिएका वर्ग र क्षेत्रका जायज मागलाई पूरा गर्नका लागि संशोधन गर्न तयार रहेको बताए। उनले सबैको मागलाई संविधानमा आवश्यक संशोधन गरेर सम्बोधन गरिने र यसका लागि सरकार गम्भिर रहेको भनाइ राखेका छन्। सबैको मागलाई समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन सकेमात्र संविधान कार्यान्वयनको काम सहज हुने उनको भनाइ छ। संविधान कार्यान्वयनको चरणमा सबैभन्दा पहिले तीनै चरणको निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि राजनीतिक दलले आफ्नो राजनीतिक स्वार्थ नहेरीकन लाग्नुपर्ने बताए। उनले निर्वाचनको लागि वातावरण तयार गर्न राजनीतिक दललाई आग्रह गरेका छन्। स्थानीय निकायको निर्वाचन गराउनका लागि गाउँपालिकाको संख्या चाँडै टुङ्ग्याउन आफूले निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिँदै उनले गाउँपालिकाको संख्या निर्धारण गर्नका लागि आवश्यक पर्ने सहयोग गर्न राजनीतिक दलहरुलाई पनि आग्रह गरेका छन्। प्रधानमन्त्री प्रचण्डले नयाँ संविधानबाट मधेसी, आदिवासी, जनजाति, थारु, उत्पीडित, पिछडिएका वर्ग तथा क्षेत्रका अधिकारको सुनिश्चित भएको उल्लेख गरे। संविधान विशिष्ट परिस्थितिमा जारि भएको भन्दै संविधानले मधेसी, आदिवासी, जनजाति, थारु, उत्पीडित, पीछडिएका वर्ग तथा क्षेत्रहरूको जायज माग सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले यसप्रति सरकार गम्भिर भएको समेत बताए।

constitutation-day-2073-5 constitutation-day-2073-6 constitution_day-23-1000x0

प्रतिक्रिया

सम्बन्धित