नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा एसबीआई मर्चेन्ट

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।

नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गरेका हुन् । नेरुडे मिर्मिरे लघुवित्तको तर्फबाट  एक कार्यक्रमकाबीच प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र एसबिआई मर्चेन्टको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै चैत ४ गतेदेखि नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबीआई मर्चेन्ट बैंकिङमार्फत हुनेछ । सम्झौताअनुसार एसबीआई मर्चेन्टले लघुवित्तको सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत सेयर रजिष्ट्रेसन सम्बन्धी सम्पूर्ण कामहरु गर्ने छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित