एसएसपी खनालले अमेरिकामा पनि क्षमता प्रदर्शन गर्ने

ssp-khanalकाठमाडौं । हल्ला भन्दा काम बढी गरेर चर्चा कमाएका महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनाल अमेरिकी सरकारले दिने  उच्चस्तरीय तालिमका लागि छनौट भएका छन् ।अमेरिकामा करिब ६ हप्तासम्म चल्ने एड्भान्स सेक्युरिटी कोअप्रेशन  कोर्ष नामक तालिमका लागि खनाल  छनौट भएका हुन  ।

एसएसपी खनाल तालिममा सहभागी हुन  मंगलबार अमेरिका जादैछन्  । यसअघि, एसएसपी खनाल युएन हेडक्वाटर न्यूर्योकको ग्लोवल कम्पीटेन्सीको आधारमा २ वर्ष  सेवा गरेका थिए  भने इटलीको रोममा भएको विश्वका ३७ देशका प्रहरी अधिकृतहरु सम्मिलित तालिममा सर्वोत्कृष्ट घोषित भएका थिए ।

प्रहरी सेवामा प्रवेश गरेदेखि नै उच्च क्षमता प्रर्दशन गर्दै आएका खनाल कुशल र व्यावसायिक  प्रहरी अधिकारी हुन् ।

खनाल अपराध महाशाखा प्रमुख भएपछि फुटबलको म्याच फिक्सिङ पत्ता लगाउने , डन अप्रेशन, कन्सलटेन्सी र मेनपावरको ठगी ,पेट्रोल पम्पमा चिप्स राखेर हुँदै आएको लूट जस्ता बिकृति रोकेर थप चर्चामा आएका थिए ।

त्यस्तै,  महाशाखाको प्रमुख भएर आएको दुई महिनामा नै  भुकम्पको बेला सिन्धुपाल्चोक जेलबाट भाग्ने सन्की लामा, जमिम शाहको हत्यामा मुछिएका पूर्व डिएसपी जगदीश चन्दलाई पक्राउ गर्न सफल भएका थिए । युनिटी प्रकरणमा विष्णु क्षत्रीका दाजुभाई र ललितपुरको १२ बर्षेसम्म रहस्यमय रहेको हत्याकाण्डका दोशीलाई  कानुनी दायरामा ल्याएका  थिए । उनी जहाँ जान्छन,त्यही राम्रो काम गरेर जनताको प्रसंशा पाएर मन जित्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित