आईजीपीका विश्वासपात्र डीआइजी किन फिर्ता भए अख्तियारबाट ?

 काhemanta-maalठमाडौ । नेपाल प्रहरीमा क्षमतवान अधिकृतको रूपमा परिचित डीआइजी हेमन्त मल्ल ठकुरी अवधि नै नपुगिकन अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट किन फिर्ता भए भन्ने बारेमा विभिन्न टिका टिप्पणी सुरु भएको छ । उनी गत साता अख्तियारबाट प्रहरी प्रधान कार्यलय फिर्ता भएका हुन । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको स्वार्थ अनुसार नचलेका कारण उनी फिर्ता भएको हल्ला चले पनि वास्तविकता भने अर्कै रहेको छ ।

   आईजीपी उपेन्द्रकान्त अर्यालसँग निकै नजिक मानिएका डिआईजी मल्ल करिब सात महिना अगाडि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट अख्तियारमा सरुवा भएका थिए । मल्लले अख्तियार र लोकमानका गोप्य सुचना आईजीपी अर्यालसँग शेयर गरेको आरोप लगाउँदै अख्तियारबाट हटाइएको पनि चर्चा छ । अख्तियार प्रमुख कार्कीकोे स्वार्थ बमोजिम नचलेपछि डिआईजी मल्ललाई हटाएको हल्लाले यतिखेर प्रहरी संगठन हल्लिएको छ ।

  अख्तियार श्रोतका अनुसार मल्लले आफु निकट एक डिएसपीलाई अख्तियारमा ल्याउन खोज्दा अख्तियार प्रमुख कार्कीले नमानेपछि आफु अनुचित दवाब नमाने र हैसियतबिहिन भएर नवस्ने मल्लले बताएका थिए। त्यसपछि उनीहरुबीच द्वन्द बढ्न थालेपछि अन्तिममा आएर मल्ललाई फिर्ता गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित