अफ्रिकाका पुर्व राष्ट्रपति जुमा माथी कारले दियो ठक्कर, बचे बालाबाल

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमा कार दुर्घटनामा परेका छन् ।सो कार दुर्घटनामा परे पनि उनी भने सकुशल रहेको अफ्रिकन सञ्चारमाध्यमले जनाएका छन् ।

मादक पदार्थ सेवन गरेका एक ड्राइभरले आधिकारिक सशस्त्र सुबिधासहितको गाडीसँग ठक्कर दिएको प्रहरीले जनाएको छ। तर, उनका पार्टीका एक प्रमुख सदस्यले जुमालाई जानी जानी निशाना बनाएको आरोप लगाएका छन् ।अफ्रिकी नेसनल कांग्रेस (एएनसी)को निलम्बन परेका उनी माथी कार टक्कर दिने ती ड्राइभरलाइ भने गिरफ्तार गरिएको छ ।

त्यतिबेला जुमा आफ्नो आधिकारिक सुरक्षा टोली सहित कारमा थिए । यो दुर्घटना उनको गृह प्रान्त क्वाजुलु नातालको सडकमा भएको थियो ।‘राष्ट्रपति संरक्षण सेवाका सदस्यहरू लगायत कोही पनि घाइते भएनन्। पूर्व राष्ट्रपतिलाई बाहिर निकालेर उनको निवासमा लगिएको थियो,’ प्रहरीको संक्षिप्त विज्ञप्तिमा भनिएको छ।मादक पदार्थ सेवन गरी सवारी चलाएको र लापरवाही र लापरवाहीपूर्वक सवारी चलाएको आरोपमा ५१ वर्षीय ती व्यक्ति माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित