नेप्सेमा गिरावट
काठमाडौँ । सोमबार नेप्से ६.२६ अंकले घटेको छ । आज नेप्से घटेर २०१२.०७ अंकमा सीमित भएको छ । सोमबार ७२ लाख ९० हजार २०० कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५.७५ मा कारोबार भएका छन् ।
आज गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.४४ प्रतिशतले बढेको छ ।
त्यस्तै फल्स पावरको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोको ६.२७, अपर लाहोर खोला हाइड्रोको ६.१७ र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.७३ प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको कुल ४७ करोड २९ लाख १७ हजार ६३२ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया