पोखराका व्यापारीको चुनावमा ५० लाख काण्ड

khichadiपोखरा । पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशनको रन्कोले पोखराका व्यापारीहरुको महासंग्राम चम्किएको छ । विगतका वर्षहरुमा सहमति र मिलेमतोका आधारमा नेतृत्व चयन गरिदै आएको भए पनि पछिल्ला वर्षहरुमा भने पोखरा उद्योग वाणिज्य महासंघले आफ्नो साखलाई गिराउँदै लगेको छ । यस पटकको अधिवेशनमा ६ जना डेमोक्र्याट्सहरु अध्यक्ष पदको दावेदार वनेर चुनावी मैदानमा प्रस्तुत भएका छन् ।

अध्यक्ष पदमा कांग्रेस वाहेकका उम्मेदवारहरु मैदानमा देखिएका छैनन् । जसरी पनि चुनाव जित्नै पर्ने रणनीतिमा लागेका उम्मेदवारहरुले खिचडी गठवन्धन गरेर अगाडि बढेका छन् । कास्की कांग्रेसले आफ्ना आस्थावान कार्यकताहरुलाई व्यवस्थापन गर्न नसकेपछि विभिन्न दलहरुसँग गठवन्धन गर्न अध्यक्षका उम्मेदवारहरु लागिपरेका छन् । पोखरा उद्योग वाणिज्य संघको यो अधिवेशनमा विश्वशंकर पालिखे, देव क्षेत्री, नारायण कोइराला, हिरा भट्टराई, इश्वर कर्माचार्य र धनिराम वराल अध्यक्षको मैदानमा उत्रिएका हुन् उनीहरु यो क्षेत्रका लागि वरावरी सकृय पात्र हुन् ।

यसअघि पनि विभिन्न जिम्मेवारी सम्हालेका उनीहरुबीच ठूलो मतान्तर नभए पनि गठवन्धनका कारण भने केहि समस्या उत्पन्न भएको आकंलन गरिएको छ । देव क्षेत्री र पालिखेबीच प्रतिस्पर्धा हुने अवस्था बलियो देखिएको छ । सालिन र भद्र उम्मेदवारका रुपमा चिनिएका क्षेत्री र तडक भडकमा अगुवा पालिखेबीच को बलियो ? भन्ने विषयमा जोड घटाउ चलिरहेको छ । एमालेसँग गठवन्धन गरेका पालिखेप्रति कांग्रेस बृतमै असन्तृष्टी रहेको छ । पालिखेले एमाले निकट दामु अधिकारीलाई महासचिवको उम्मेदवारमा प्यानल सेट मिलाएका कारण त्यसको नकारात्मक प्रभाव पर्न सक्ने प्रवल संभावना देखिएको एक व्यापारीले बताए ।

पालिखेले भूकम्प पीडितको नाममा चीनको एक भगिनी संस्थावाट पोखरा उपमहानगरपालिकालाई आएको नगद सहयोग २ करोड ५० लाखमध्ये झण्डै ५० लाख रुपैयाँ पाँच महिना सम्म व्यक्तिगत रुपमा प्रयोग गरेर नगरपालिकालाई हानी नोक्सानी पु-याएको खुलेपछि उनलाई यो अधिवेशन संकटका रुपमा खडा भएको छ । उनले २०७२ असोजमा ल्याएको ५० लाख रकम विभिन्न मिडियामा सार्वजनिक भएपछि ५ महिनापछि सावा मात्र दाखिला गरेका थिए त्यो पनि किस्तावन्दीमा ।

उक्त रकम प्रकरणका कारण विश्व पालिखेको आर्थिक अनुशासन तथा पारदर्शिताप्रति प्रश्न उब्जिएको छ ।यहि मुद्दाले पनि क्षेत्रीले विजय हासिल गर्न सक्ने कतिपयले टिप्पणी गरेका छन् । क्षेत्री यस अघिका चुनावमा पनि सब भन्दा वढी मत ल्याउने व्यक्तिका रुपमा स्थापित छन् । पालिखे र क्षेत्रीबीचको यो टकरावका कारण उम्मेदवारहरु सवभन्दा वढी आक्रमक देखिएका छन् ।यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित