आर्टशाला नेपालद्धारा कला यात्रा २०८१ शुभारम्भ

काठमाडौ ।

आर्टशाला नेपालले कला यात्रा २०८१ शुरु गरेको छ । बिगत लामो समय देखि नेपाली कलाको श्रेत्रमा काम गर्दै आएको आर्टशाला नेपालले नेपाली कला,कलाकृती र कलाकारिताका बारेमा ब्यापक छलफल गर्ने उद्देश्यले आर्टशाला यात्रा २०८१ शुरु गरेको जनाएको छ ।

बिशेषत भित्ते चित्र सम्बन्धी काम गर्दै आएको आर्टशाला नेपालले कला यात्रा सस्करण मार्पmत बिभिन्न कलाकारहरुसँग नेपाली कला र त्यसका बिभिन्न आयामका बारेमा छलफल गर्नै बताइएको छ ।

देश तथा बिदेशमा समेत भित्ते कला सम्बन्धी काम एबम् बिभिन्न कार्यक्रमहरु गर्दै आएको आर्टशाला नेपालले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँगको पहिलो कार्यक्रम मार्पmत सामाजिक संजाल फेसबुक र युटिउब  कला यात्रा २०८१को शुभारम्भ गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित