जापान पठाइ दिन्छु भन्दै ३ करोड ठगी गर्ने प्रकाउ


काठमाडौं ।

जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । अर्काको नागरिकता दुरुपयोग गरी नियोनी एजुकेशन कन्सल्टेन्सी चलाएर उनीहरूले जापान पठाइदिने भन्दै २ सय बढी व्यक्तिबाट करिब ३ करोड ठगी गर्ने रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादहका ईश्वरी पाण्डे पकाउ परेका हुन् ।

पुतलीसडकमा रहेको सोही कल्सलटेन्सीबाट अध्ययन तथा रोजगारीका लागि जापान पठाउने भनी ४ लाखदेखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित