कांग्रेस नेता सिटौलाको घरमा बम विस्फोट

झापा। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ। झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा आज राति करिव १ बजेतिर विस्फोट गराइएको प्रहरीले जनाएको छ। घरको पछाडि भागबाट बम फ्याकेको बताइएको छ। घरमा सामान्य क्षति भएको छ। झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका सिटौला घरमै थिए। ठूलो क्षति पुर्‍याउन नभर्इ तर्साउन मात्र बम विस्फोट गराइएको हुन सक्ने प्रहरीको भनार्इ छ। प्रहरीका अनुसार घरमा सुलती बम प्रहार गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित