न्यायाधीश बमका हत्यारालाई किन लगियो पर्वत ?
थापालाई भेट्न दैनिक उल्लेख्य शुभेच्छुक आउने गरेकाले जेलको सुरक्षामा पनि ठूलो चुनौती थपिएको थियो । स्रोतका अनुसार थापालाई भेट्न नख्खु जेलमा कुन्डले, मुन्द्रे र विभिन्न अपराधमा सजाय पाएकाहरू दिनदिनै जाने गरेका थिए । त्यस क्रममा उनीहरूवीच आपराधिक कुराकानी हुने गरेको प्रहरीको भनाई छ । अब पवर्त जिल्ला कारागार पुगेका थापाको गैरकानूनी क्रियाकलाप बन्द हुनेमा प्रहरी विश्वस्त छ ।
चुरेभावर पार्टी विभाजन भएपछि मन्त्री बन्न नपाएको झोकमा काठमाडौंको शंखमुलमा थापासहितको समूहले न्यायाधीश बमलाई गोली हानेर हत्या गरेको थियो । हत्याको लामो समयपछि प्रहरीले थापालाई गृह जिल्ला सर्लाहीबाट भाग्दै गरेको अवस्थामा घेराहालेर पक्राउ गरेको थियो ।यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
प्रतिक्रिया