इन्काउन्टरमा पर्ने डरले डन लामा गृहमन्त्रीको शरणमा

donlamaकाठमाडौं । पछिल्ला दुई बर्षमा राजधानीमा दुई डनको इन्काउन्टर भयो । एसएसपी पुष्कर कार्कीको निशानमा दिनेश अधिकारी ‘चरी’ परे भने अर्का एसएसपी सर्वेन्द्र खनालको निशानामा कुमार श्रेष्ठ ‘घैंटे’ परे । दोस्रो डनको इन्काउन्टर तयारी गर्दा गर्दै एसएसपी खनालको सरुवाको तयारी भएको छ ।  खनालको सरुवा नभएसम्म राजधानीका गुन्डा नाइकेहरु राम्रोसँग सुत्न पाएका छैनन् । केहीले देश नै छाडेर विदेशिएका छन् भने अरु पनि घरमा ढुक्कले बस्न पाएका छैनन् ।  अहिले काभ्रेली समूहका नाइके गणेश लामालाई एसएसपी खनालको सबैभन्दा ठूलो चिन्ता छ ।

त्यसकारण उनी ज्यान जोगाउन ठूला नेता भेट्दै हिंडेका छैनन् । यही क्रममा गत शुक्रबार बिहानै उनी गृहमन्त्री विमलेन्द्र निधिको क्वार्टरमा पुगे । ‘मविरुद्ध कुनै मुद्दा छैन हजुर तर पनि प्रहरीले मेरो पिछा गर्न छाडेको छैन, मलाई बचाइदिनुपर्‍यो मन्त्रीज्यू’ भन्दै उनी कांग्रेसकै एक नेतालाई लिएर मन्त्री निधिलाई भेट्न गएका थिए । मन्त्री निकट एक स्रोतका अुनसार बिहान सात बजे नै लामा मन्त्रीनिवासमा पुगेका थिए । मन्त्री निधिले आफूले प्रहरीलाई दुस्ख नदिने निर्देशन दिने आश्वासन दिएर उनलाई फर्काएका थिए ।

स्रोतका अुनसार निधिलाई भेटाउने कांग्रेस नेताले लामासँग रामै्र फाइदा लिएका छन् ।  बिजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम९लोकतान्त्रिक०को केन्द्रीय सदस्य रहेका लामाको अन्य पार्टीका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । निवर्तमान गृहमन्त्री शक्ति बस्नेतसँग पनि उनले राम्रो सम्बन्ध बनाएका थिए । बस्नेतकै कार्यकालमा उनीविरुद्ध अपहरण मुद्दा दायर भएको थियो । तर लाखौं खर्च गरेर उक्त मुद्दाबाट उनले सफाई पाइसकेका छन् ।

उजुरी दिनेलाई नै धम्क्याएर बयान फेर्न लगाई उनले उन्मुक्ति पाएका थिए । उक्त मुद्दामा सफाइ पाएपछि उनी खुलेआम हिंड्न थालेका हुन् । तर प्रहरीले त्रास उनीबाट अझै हटेको छैन ।  प्रधानमन्त्री प्रचण्डसँग समेत भेट्ने प्रयासमा लामा छन् । करिब डेढ बर्षअघि प्रचण्डकै नेतृत्वमा बनेको मोर्चामा रहँदा लामाले प्रचण्डसँग सम्बन्ध बनाएका थिए ।

जुनबेला बैठकमा प्रचण्डले आन्दोलनका लागि लामासँग पैसा मागेका थिए ।  लामाजस्तै राजधानीका अन्य डनहरु पनि अहिले निधिको आडमा आफूलाई सुरक्षित बनाउन लागेका छन्,दृष्‍टि साप्ताहिकमा खबर छ  । महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरमा लाखौं खर्च गरेर भएपनि आफू अनुकूल एसएसपीको सरुवा गराउन उनीहरु सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित