दुर्गा प्रसाईंका मान्छेले २ बैंकमा गरे तोडफोड
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट मानिएका ४ जनाले झापाको एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् ।
ऋणिलाई तनाव दिएको भन्दै उनीहरुले दुईवटा बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न भएको आरोपमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङ सहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । पक्राउ पर्ने अन्य दुई जनाको नाम सार्वजनिक भएको छैन ।
प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा संगठन नागरिक युवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया