९८ लाख नगदसहित २ हुण्डी कारोबारी दरबारमार्गबाट पक्राउ

काठमाडौं– राजधानीको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड नगद रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा उनीहरूलाई जयनेपाल हल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गाडीमा नगद लिएर हिँडिरहेको अवस्थामा ९८ लाख रुपैयाँसहित पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु हुण्डी कारोबारी हुन् ।

पक्राउ परेका दुवैलाई दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित