पङ्खा नखुलेर आकस्मिक अवतरण गराइएको जहाजको टायर पड्कियो

nepal_airlines_759काठमाडौं :

दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण गरिएको छ । १६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको थियो । उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो ।विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो । अवतरण गर्ने क्रममा विमानको टायर पड्किएको जनाइएको छ । विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्रोलमा जानकारी गराएका थिए । त्यसपछि विमानलाई फर्काएर इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको रन वे २८ मा अवतरण गराइएको थियो । विमानका चालक दल र सबै यात्रुहरु सकुशल रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित