प्रहरीको भवन बनाउने मनाङ्गेका सहयोगी ठेकेदार पक्राउ

umesh-lamaकाठमाडौं । गुण्डा नाइके दिपक मनाङ्गे अपरहण मुद्दामा जेल चलान भएपछि उनका सदस्यहरु पनि प्रहरीको फन्दामा पर्न थालेका छन् । महानगरिय अपराध महाशाखाले एक व्यवसायीलाई धम्क्याएको उजुरीका आधारमा मनाङ्गेका सवैभन्दा नजिकका सहयोगी उमेश लामालाई शनिवार पक्राउ गरी अनुसन्धान थालेको छ। क्रसर व्यवसायीसँग वालुवा र गिट्टी किनेर पैसा नदिइ उल्टै धम्क्याएपछि महाशाखाले लामालाई पक्राउ गरेको हो ।

  प्रहरीका धेरै हाकिमसँग उठवस रहेका लामालाई छुटाउन ठुलो दवाव आएपनि महाशाखाका प्रमुख  एसएसपी  सर्वेन्द्र खनालले आफुले गुण्डाराज नमान्ने र पीडितलाई न्याय दिन  लामामाथि अनुसन्धान गर्ने वताएपछि लामा प्रहरी हिरासतमा छन् । मनाङ्गेका सवैभन्दा नजिकका सहयोगी लामाले  महागनरीय प्रहरी वृत्त दरबारमार्गको भवन बनाएका हुन । सरकारकै बजेटमा दरबारमार्ग वृत्तको भवन निर्माणको काम लामाले गरेका थिए । लामा मनाङ्गेका सबैभन्दा बिश्वासिला सहयोगी हुन् । धेरै व्यवसाय लामा र आफन्तको नामबाट मनाङ्गेले गर्दै आएका छन् । आफ्नो नामबाट व्यवसाय गर्दा सम्पत्ति शुद्धिकरण अनुसन्धानमा तानिने भएकाले उनले त्यसरी अरुको नाममा व्यवसाय गर्दैे आएका छन् ।

 लामालाई अगाडि सारेर व्यवसायमा मनाङ्गे जुन क्षेत्रमा पनि लगानी गर्न तयार हुन्छन् । ठमेलमा बियरका बोतल उठाउनेदेखि चीनबाट स्याउ भारतमा लगेर बिक्री गर्ने काम समेत उनले गर्दै आएका छन् । लामाले सुरुमा गणेश लामासँग मिलेर रक्तचन्दनको कारोवार गर्दा पनि अवैध सम्पत्ति कमाएका थिए। त्यस्तै जडिबुटी, क्रसरदेखि डिस्को त उनका पुरानै व्यवसाय हुन् ।

प्रतिक्रिया

सम्बन्धित