"ओलम्पियनसंग अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न"

काठमाडौँ चन्द्रागिरि नगरपालिकाको आयोजनामा "स्कुल टू ओलम्पिक" अन्तर्क्रिया तथा सम्मान कार्यक्रम हिजो शुक्रबार मिति २०८१/१/२८ गते चन्द्रागिरि नगरपालिका-७ स्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा नगर प्रमुख घनश्याम गिरीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

नेपाल ओलम्पियन्स एसोसियसन र महांकाल ब्याडमिन्टन कभर्ड हलको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नेपालका तर्फबाट विभिन्न संस्करणमा ओलम्पिक खेल उत्सवमा सहभागिता जनाउने खेलाडीहरू तथा विभिन्न अन्तराष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व गरिसक्नुभएका खेलाडीहरूको सहभागिता रहेको थियो।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा संचालित उक्त कार्यक्रमका दाैरान विद्यार्थीहरूले खेलकुदका विविध आयाम तथा अनुभवहरू सुन्ने अवसर पाएका थिए। कार्यक्रममा सहभागी खेलाडीहरूले आ-आफ्नो खेल जीवन यात्राका बारेमा विद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो।

ओलम्पियन एसोसिएसनका अध्यक्ष दिपक विष्टज्युले आफूहरुले खेलकुदमा राखेको कीर्तिमानलाई नयाँ पुस्ताले तोड्न सकेको खण्डमा आफूहरु खुसी हुने कुरा बताउनु भयो।

सोही अवसरमा ओलम्पियन विधान लामाज्यु र तेक्वान्दो प्रशिक्षक सिता तामाङज्युले आत्मरक्षाका लागि अपाउन सक्ने तरिका विधार्थीहरुलाई अभ्यास गरेर देखाउनु भएको थियो।

स्कुले विद्यार्थीहरूलाई खेल गतिविधिप्रति प्रेरित गर्न, अनुशासन सिकाउन तथा अभिप्रेरित गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको नगर प्रमुखज्युले बताउनु भयो।

कार्यक्रममा ओलम्पियन विधान लामाज्यु, दिपक विष्टज्यु तथा राजेन्द्र भण्डारीज्युको उपस्थिति रहेको थियो । यसैगरी एसियन गेम्सका सहभागीहरू तथा पदकधारीहरू दिपक श्रेष्ठज्यु, दिपक महर्जनज्यु, एरिका गुरुङज्यु लगायत सीता तामाङज्यु, पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्लज्यु, फुटबलर अनिल गुरुङज्यु, रशिला महर्जनज्यु लगायतका खेलाडीको उपस्थिति रहेको थियो। 

चन्द्रागिरि नगरपालिकाले कार्यक्रममा उपस्थित खेलाडीहरूलाई सम्मान समेत गरेको थियो। कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीज्यु, उप प्रमुख बसन्ती श्रेष्ठज्यु, विभिन्न वडाका अध्यक्षज्युहरु, कार्यपालिका सदस्यज्युहरु, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालज्यु, शिक्षा शाखा प्रमुख सुजन राज खनालज्यु, बरिस्ठ बिधालय निरीक्षक बुद्धि प्रसाद भट्टज्यु, विभिन्न बिद्यालयबाट पाल्नुभएका प्रधानाध्यापकज्युहरु तथा बिधार्थी भाइबहिनीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित